काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गमा प्रोत्साहन गर्न पुरानो वानेश्वरको फ्रन्टलाइन अस्पतालमा छुटको व्यवस्था गरेको जनाएको छ । ग्राहकले डिजिटल भुक्तानी गर्दा विषेश छुट पाउने बैंकले जनाएको छ ।
सानिमा बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्ने व्यवस्था गरिएको बैंकले जनाएको हो । सानिमा बैंकका ग्राहकहरुले ओपिडी तथा आईपीडी र बेड सम्बन्धी शुल्कहरुमा १३ प्रतिशत, औषधीको शुल्कहरुमा ७ प्रतिशत र सर्जरी शुल्कमा ५ प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।
सानिमा बैंकको देशको सातैवटा प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा एटीएमहरु संचालनमा रहेका छन् ।





















प्रतिक्रिया