Logo

अर्थ

 अर्काकाे सिमकार्ड आफ्नाे नाममा सारेर बैंकबाट ६ लाखभन्दा बढी चाेरी, एकजना पक्राउ



काठमाडौं । सिमकार्ड डुप्लिकेसन गरी रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवालीलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितको मोबाइल नम्बरको सिमकार्ड सेवा प्रदायक कम्पनीबाट आफ्नो नाममा नामसारी गरी मोबाइल बैंकिङ एकटिभ गराई पीडितको बैंक खाताबाट बिभिन्न बैंक खाता तथा वालेटहरुमा पटक-पटक गरी ६ लाख २ हजार ५ सय ४८ रूपैयाँ ट्रान्सफर गरी सिम डुप्लिकेसनमार्फत ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

प्रकाशित मिति : आश्विन १, २०८० सोमबार  ६ : ४१ बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।