काठमाडौं । विद्यालय शिक्षा विधेयकलाई लिएर आन्दोलित बनेको नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै वार्ताको आह्वान गरेको हो ।
विद्यालय शिक्षा विधेयक संशोधनलगायतको माग राख्दै महासंघले बुधबारदेखि विद्यालय बन्द गरी आन्दोलन गर्ने घोषणा गरेको छ । मन्त्रालयले महासंघले अघि सारेका मागहरुलाई सकारात्मक रुपमा लिँदै सम्बोधन गर्न सरकार तयार रहेको उल्लेख गरेको छ ।
मन्त्रालयले मंगलबार दिउसो ३ बजे मन्त्री अशोक राईको संयोजकत्वमा हुने वार्तामा आउन महासंघलाई आग्रह गरेको हो ।
प्रतिक्रिया