Logo

अर्थ

ब्ल्याक प्लस डेकरले ल्यायो दसैँलक्षित अफर, एक जोडीलाई दुबई भ्रमण गर्ने मौका



काठमाडौँ । ब्ल्याक प्लस डेकर (बी+डी)ले आफ्नो ग्राहकहरूको लागि बडादसैँको उपलक्ष्यमा सुनौलो अफर ल्याएको छ । अफर अनुसार ब्ल्याक प्लस डेकरको कुनै पनि सामान खरिद गर्दा बम्पर उपहारमा एक जोडीलाई दुबई भ्रमण गर्ने मौका प्राप्त गर्न सक्नेछन् ।

ब्ल्याक प्लस डेकरको कुनै पनि उपकरणको खरिद गर्दा हरेक हप्ता एकजना भाग्यशाली विजेताले पनि उपहार जित्न सक्नेछन् । उपकरण खरिद गर्नेहरू मध्ये एकजनाले बम्पर उपहारको रूपमा एक जोडीले दुबई भ्रमण गर्ने मौका पाउनेछन् ।

यो अवसरको  फायदा उठाउनलाई सीजी इलेक्ट्रोनिक्सको कुनै पनि शोरुममा गएर ब्ल्याक प्लस डेकरको उपकरण खरिद गर्न सकिनेछ । यस योजनामा सहभागी भई आफ्नो दसैँ उपहरमय बनाउन पनि कम्पनीले आग्रह गरेको छ ।

योजनामा सहभागी हुनलाई फोटोमा दिइएको क्यूआर कोड क्यान गरी आफ्नो विवरण भर्नुपर्नेछ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार १३:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।