काठमाडाैं । एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उदेश्यले अत्याधुनिक “डिजि स्टेशन” को सुरुवात गरेको छ । “डीजी स्टेशन” ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेशन हो जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी, र स्टेटमेन्ट जेनरेट सबै एकै ठाउँबाट स्वचालित प्रणालीमा गर्न सकिनेछ ।
“डीजी स्टेशन” को सुरुवातबाट ग्राहकहरुलाई बैंकले प्रदान गर्ने बैंकिङ सेवा, सुविधामा बृद्धि हुने बैंकले जनाएको छ । बैंकले प्रथम चरणको डीजी स्टेशनको शुरुवात एनएमबी भवन, बबरमहल शाखामा ४ वटा मेसिन जडान गरी सुरु गरेको छ । क्यास डिपोजिट मेसिनमा ग्राहकले रू १ लाखभन्दा कम रकम बैंकको काउन्टर नपुगी आफैँ खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोही मेसिनबाट प्राप्त गर्न सक्ने सुविधा रहेको बैंकले जनाएको छ। साथै, चेक डिपोजिट मेसिनमा ग्राहक वर्गले चेक स्टपदेखि नयाँ चेकको आवेदन र क्लियारिंङ चेक समेत डिपोजिट गर्ने सुविधा रेहको छ ।
आफ्नो खाताको विवरण र अन्य जानकारी प्राप्त गर्न सकिने सुविधाका साथ डीजी स्टेशनमा एटीएम मेसिनको सुविधा हुँदा ग्राहक वर्गका अधिकांश बैंकिङ अवश्यकताहरु स्वचिलत ढंगले छिटो छरितो माध्यम बाट हुने सुविधा एनएमबी बैंकले ल्याएको छ।
एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १४५ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
















प्रतिक्रिया