Logo

खेलकुद

एसियन गेम्समा पुरुष भलिबलको पहिलो खेलमा नेपाल बहराइनसँग पराजित



काठमाडौं । एसियन गेम्स अन्तर्गत पुरुष भलिबलमा नेपालले पहिलो खेलमा हार बेहोरेको छ । नेपाल बहराइनसँग ३–१ सेटले पराजित भएको हो । पहिलो सेट जिते पनि त्यसपछि लगातार ३ सेट हारेपछि नेपालले पहिलो खेलमा नै हार बेहोरेको हो ।

पहिलो सेट २५–२० ले जितेको नेपाल त्यसपछि २०–२५, १८–२५ र १५–२५ ले पछि परेको हो । नेपालले दोस्रो खेल बुधबार इरानसँग खेल्नेछ । इरानसँगको खेल खेल पनि हारेमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।

चीनको हाङझाउमा आउँदो शनिबार एसियन गेम्सको उदघाटन हुने भए पनि भलिबलसहितका केही समूहगत खेल भने त्यसअघि नै सुरु भएका हुन् ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार १७:२५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।