Logo

प्रमुख समाचार

विद्यालय बन्द गरेर आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै शिक्षकहरू



काठमाडौं । नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौंंमा आन्दोलन गर्ने भएको छ ।

शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै महासंघले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्न लागेको हो ।

महासंघले आन्दोलनमा सहभागी हुन बुधबार बिहान ११ बजे माइतीघर मण्डला सहभागी हुन शिक्षकहरूलाई आग्रह गरेको छ ।

महासंघले विभिन्न १८ बुँदे असहमति राखेको छ ।

महासंघको आन्दोलनले देशभरको पठनपाठन प्रभावित बन्ने भएको छ ।

विद्यालय शिक्षालाई स्थानीय तह मातहत राखेकोमा प्रस्तावित विधेयकप्रति शिक्षकहरूको आपत्ती छ ।

शिक्षकको नियुक्ति, सरुवा, बढुवालगायतको भूमिका जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने र केही भूमिका प्रदेश तहमार्फत राखिनुपर्ने महासंघको माग छ ।

साथै, प्रस्तावित विधेयकले अस्थायी शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचनाबाहिर रहेका बालकक्षा शिक्षकहरूको सवालमा ध्यान दिन नसकेको आरोप महासंघको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार ०९:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।