Logo

प्रमुख समाचार

रोकिएको बीपी साहित्य महोत्सव कार्यक्रम आज



काठमाडौं । नेपाली कांग्रेसले स्थगन गरेको बीपी साहित्य महोत्सवको तेस्रो दिनको कार्यक्रम आज हुने भएको छ ।

पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार रोकिएको महोत्सवको कार्यक्रम ३ गते (आज) हुन लागेको हो ।

कांग्रेसले भदौ २४ र २५ गते दुई दिनको कार्यक्रम सम्पन्न गरेपछि संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण तेस्रो दिनको कार्यक्रम स्थगन गरेको थियो ।

तेस्रो दिन बीपीको समाजवादी परिकल्पनामा शिक्षामा कि नोट स्पिच, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, समय र सबाल्टर्न, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपी र बीपीको विचार, आजको संविधान र अबको बाटो सेसन रहेका छन् ।

प्रकाशित मिति : आश्विन ३, २०८० बुधबार  ९ : १० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।