Logo

प्रमुख समाचार

विद्यालय बन्द गरे काठमाडौं महानगरले शिक्षकलाई कारवाही गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारवाही गर्ने निर्णय गरेको छ ।

प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरुले विद्यालय बन्द घोषणा गरेका छन् । शिक्षकहरु काठमाडाैं केन्द्रित आन्दाेलन गर्ने तयारी स्वरुप आजबाट आन्दाेलनमा हाेमिएका छन् । तर, महानगरपालिकाले विद्यालय बन्द भए अस्वीकार्य हुने निर्णय गरेको छ ।

विद्यालय शिक्षा ऐनमा काठमाडौं महानगरको पनि असहमति रहेको तर, विद्यालय बन्द गरेर असहमति प्रकट गर्ने विषय स्वीकार्य नहुने महानगरपािलकाले जनाएकाे छ । विद्यालय बन्द भए प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारवाही गर्ने महानगरले निर्णय गरेकाे छ ।

प्रकाशित मिति : आश्विन ३, २०८० बुधबार  १ : ३७ बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।