काठमाडौँ । सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँको माइतीघर मण्डलामा आन्दाेलन सुरु गरेकाे छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मङ्गलबार दिउँसो ३ बजे बोलाएकाे वार्तालाई अस्वीकार गर्दै महासङ्घ आन्दोलनमा उत्रेको हो । देशका विभिन्न जिल्लाबाट आएका शिक्षक र विद्यालय कर्मचारीहरु आन्दाेलनमा हाेमिएका छन् ।
गत वर्षको तथ्याङ्अनुसार हाल मुलुकभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय छन् भने स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत छन् । यस्तै सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार विद्यार्थी छन् ।
देशका विभिन्न जिल्लाबाट आएका शिक्षक र विद्यालय कर्मचारीहरु आन्दाेलनमा हाेमिएका छन् ।महासङ्घले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा सम्बोधन गर्न माग गरेकाे छ ।
तस्बिरहरु:



























प्रतिक्रिया