Logo

राजनीति

विद्यालय बन्द गरेर आन्दाेलनमा जानेलाई कारबाही गर्ने काठमाडाैं महानगरकाे निर्णय



काठमाडौं । काठमाडाैं  महानगरपालिकाले स्कुल बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौं केन्द्रित आन्दोलन भइरहेका बेला महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या पारेको खण्डमा त्यस्ता शिक्षकहरूमाथि कारबाही गर्ने जनाएको हो ।

त्यसका लागि काठमाडौं महानगरपालिकाले शिक्षा विभागलाई आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएको छ । महानगरका प्रेस संयोजक सुरेन्द्र बजगाईँले शिक्षकहरूको आन्दोलनका कारण विद्यालय बन्द भएको खण्डमा कारबाही गरिने बताए ।

महानगरको निर्देशनसँगै शिक्षा विभागले विद्यालयहरूको अनुगमन गर्नेछ । यदि विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध पुगेको देखिएको खण्डमा महानगरको शिक्षा ऐन अनुसार कारबाही गर्ने तयारी गरेको हो ।

प्रकाशित मिति : आश्विन ३, २०८० बुधबार  २ : ५२ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।