काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले यो ८ वर्षमा संविधान पूर्ण भएको प्रमाणित भएको बताएका छन् । अपूर्ण मात्र होइन कैयौँ समस्याको जड्नै यो संविधान देखिएको उनको टिप्पणी छ ।
देशमा शक्ति राष्ट्रहरुको तीव्र प्रतिस्पर्धा,अस्थिर सरकार, नियन्त्रण र सन्तुलनको कमजोर अवस्था, कमजोर अर्थतन्त्र, कमजोर धार्मिक सामाजिक सद्भाव, बढ्दो भ्रष्टाचार र बेरोजगारी यी सबैको जगमा वर्तमान संविधान रहेको सत्यलाई स्वीकार्न ढिलो गर्न नहुने लिङ्देनले उल्लेख गरेका छन् । सामजिक संजालमा उनले पर्खनु र थप वर्वादी व्यहोर्नु भन्दा सबैको सहमतिमा नमिलेका सबै मिलाएर सबै अटाउने संविधान निर्माण आजको आवश्यकता भएको बताएका छन् ।
यस्ताे छ अध्यक्ष लिङ्देनकाे स्टाटस
झण्डै एक खर्ब खर्च गरेर वर्तमान संविधान बनेको ८बर्ष भयो।
• संविधान सुविचार र सुनियतका साथै बनाइएको थियो होला तर यो ८ बर्षमा प्रमाणित भएकोछ की संविधान पूर्ण छैन मात्र होइन कैयौँ समस्याको जडनै यो संविधान देखिएको छ।
• देशमा शक्ति राष्ट्रहरुको तीव्र प्रतिस्पर्धा,अस्थिर सरकार, नियन्त्रण र सन्तुलनको कमजोर अवस्था, कमजोर अर्थतन्त्र, कमजोर धार्मिक सामाजिक सद्भाव,बढ्दो भ्रष्टाचार र वेरोजगारी यी सबैको जगमा वर्तमान संविधान रहेको सत्यलाई स्वीकार्न ढिलो गर्नुहुन्न।
• संविधान गीता, बाईबल,कुरान जस्तो असंसोधनीय हुदैन।
• वर्तमान संविधानमा पनि संविधान जारी भए लगत्तैबाट पटकपटक संसोधन भएको छ।
• पर्खनु र थप वर्वादी व्यहोर्नु भन्दा सबैको सहमतिमा नमिलेका सबै मिलाएर सबै अटाउने संविधान निर्माण आजको आवश्यकता हो।
• हामी सबैलाई सद्बुद्धि प्राप्त होस।
संविधान दिवसको शुभकामना!
प्रतिक्रिया