Logo

प्रमुख समाचार

मुख्यमन्त्रीहरूले भने– ‘संविधानको पूर्ण कार्यान्वयनले मात्रै सङ्घीयता बलियो हुन्छ’



काठमाडौं । विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुले सङ्घीयतालाई प्रभावकारी बनाउनका लागि संविधानको कार्यान्वयनमा जोड दिएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनीहरुले संविधानको पूर्ण कार्यान्वयनले मात्रै सङ्घीयता बलियो हुने बताए ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानमा स्थापित नागरिक अधिकार कार्यान्वयन गर्न स्थापना भएको सङ्घीयतालाई बलियो बनाउनु पर्ने धारणा व्यक्त गरेका छन् । उनले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन राजनीतिक दलहरु सचेत हुनुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानकोे मर्मअनुसार लोकतन्त्र र सङ्घीयता बलियो बनाउन तीनै तहका सरकार अधिकारसम्पन्न हुनु पर्ने बताएका छन् । उनले सङ्घीयता कार्यान्वयन भइसक्दासमेत प्रदेश सरकारले अझै पूर्ण अधिकार पाउन नसकेको अवस्था रहेको बताए ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले परिवर्तित व्यवस्थासँगै जनताको अवस्था परिवर्तनका लागि नयाँ खालको संघर्ष जरुरी भएको बताएका छन्  । “एकात्मक राज्यव्यवस्था अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक अर्थात् जनमैत्री शासन व्यवस्था ल्याइएकाले सिंहदरबारभित्र केन्द्रित अधिकार गाउँ गाउँमा पुगेको छ । यो नै विभिन्न चरणमा भएका भएका आन्दोलनका उपलब्धि हो”, उनले भने ।

प्रकाशित मिति : आश्विन ३, २०८० बुधबार  ५ : ५३ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।