Logo

राजनीति

हस्तकला विधेयक तयार भइसक्यो : मुख्यमन्त्री जम्कट्टेल



हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा हस्तकला विधेयक तयार भसकेको बताएका छन् । संविधान दिवसका अवसरमा हस्तकला सङ्घ वाग्मती प्रदेश कार्यालयले आयोजना गरेको प्रदर्शनीमा उनले सो कुरा बताएका हुन् ।

उक्त विधेयक लागू भइसकेपछि हस्तकलाको क्षेत्रमा उल्लेखनीय कार्य गर्न सकिने चर्चा गर्दै मुख्यमन्त्री जम्कट्टेलले हस्तकलाबाट स्वरोजगार सिर्जना र विदेशमा समेत निर्यात भएर राज्यलाई आम्दानी भइरहेकाले यसको विकास र प्रबद्र्धनमा प्रदेश सरकारले ध्यान दिने बताए ।

कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्मा र आयोजक सङ्घका अध्यक्ष नवीन शाक्यलगायतले हस्तकलाका विविध विषयमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार १८:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।