Logo

प्रमुख समाचार

कानून पढाउने कलेज चक्रवर्ती विश्वविद्यालयकाे कारबाहीमा, तत्काललाई सम्बन्धन स्थगन



काठमाडौं । कानून अध्यापन गराइरहेको काठमाडौको बिजुलीबजार स्थित चक्रवर्ति हवि एकेडेमी विश्वविद्यालयको कारबाहीमा परेको छ । पूर्वाञ्चल विश्वविद्यालय (पीयू)बाट अनुमति पाएको यो कलेज नियमविपरीत सञ्चालन गरेको पाइएपछि तत्काललाई सम्बन्धन नै स्थगन गरिएको हो ।

एक वर्षमा एक सयजना विद्यार्थीलाई भर्ना गर्ने अनुमति पाएको चक्रवर्ती कलेजले तीन सय जनासम्म विद्यार्थी भर्ना गरी लाखौं रकम उठाएपछि पीयूले यस वर्षको भर्ना प्रकृयालाई स्थगन गरिदिएको हो ।

कलेजका प्रिन्सिपल देवेन्द्रबहादुर भण्डारीले हरेक वर्ष एक सय जना विद्यार्थी पढाउने कोटा पाएपनि कोटाभन्दा माथि गई भर्ना लिने क्रम नरोकेपछि कारबाही गरिएको विश्वविद्यालयले बताएको छ । साथै कलेजका सञ्चालक तथा क्याम्पस प्रमुखले विश्वविद्यालयको हित र पठनपाठनलाई निष्कलंक राख्न नसकेको भन्दै सचेतसमेत गराएको छ ।

विश्वविद्यालयले सार्वजनिक सूचना जारी गरी यस वर्षको बीए एलएलबीको भर्ना प्रकृयामा विश्वविद्यालयबाट दिइएको कोटाभन्दा बढी भर्ना गरेका कारण चक्रवर्ती कलेजलाई कारबाही गरी रोकेको छ । कलेजले विद्यार्थी भर्नाबाहेक गुणस्तर र शैक्षिक पूर्वाधारमा ध्यान नदिएकाले कारबाही गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

चक्रवर्ती कलेजले लामो समयदेखि भर्ना प्रकृयामा अपरादर्शी बन्ने र हरेक वर्ष अनियन्त्रित शुल्क बढाएका कारण लामो समयदेखि विद्यार्थीहरू समेत आन्दोलित छन् । भर्ना हुने समयमा एक प्रकारको शुल्कमा विश्वास दिलाउने र हरेक वर्ष लाखमा शुल्क बढाउने प्रवृति बढेपछि विद्यार्थीहरुले आन्दोलन सुरू गरेका हुन् ।

प्रकाशित मिति : आश्विन ३, २०८० बुधबार  ६ : ४२ बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।