काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रस्तावित शिक्षा विधेयकमा आफू पनि असहमत रहेको बताएका छन् । स्थानीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसदमा दर्ता गर्नु संविधानको वर्खिलाफ रहेको उनको जिकिर छ ।
शाहले आधारभूत र माध्यमिक शिक्षामा स्थानीय सरकारको एकल अधिकार रहेको उल्लेख गरेका छन् ।
तर, शिक्षकले विद्यालय बन्द गरेर पठन पाठनमा अवरोध नपुर्याउन आग्रह गर्दै यस्ता अवरोध पुर्याउनेलाई कानून र संविधानअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया