Logo

खेलकुद

पुरुष भलिबलमा नेपाल पराजितसँग पनि पराजित



काठमाडाैं ।  १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष भलिबल खेलमा नेपाल इरानसँग पराजित भएको छ । चीनमा भएको उक्त प्रतियोगितामा नेपाल इरानसँग ३–० को साझो सेटमा पराजित भएको हो । यससँगै नेपाल लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बहिरिएको छ ।

हिजो भएको पहिलो खेलमा नेपाल बहराइनसँग ३–१ को  सेटमा पराजित भएको थियो । आज भएको खेलमा  नेपाल इरानसँग ९–२५, १४–२५, र १३–२५ ले पराजित भयो । एसियाली खेलकुदको औपचारिक उद्घाटन भने यही असोज ६ गते हुनेछ । उद्घाटनअघि भलिबल, फुटबल र क्रिकेट खेल हिजोदेखि नै सुरु भइसकेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार २२:०१   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।