Logo

प्रमुख समाचार

गृहमन्त्रीको पहलमा आन्दोलनकारी शिक्षकसँग भएको पहिलो वार्ता निष्कर्षविहीन



काठमाडौं । संघीय सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलित शिक्षकहरूसँग सरकारले गरेको पहिलो वार्ता बिनानिष्कर्ष सकिएको छ । विद्यालय बन्द गरेर हिजो (बुधबार)देखि सडकमा आएका शिक्षकहरूसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा बिहीबार बिहान भएको वार्ता निष्कर्षविहीन भएको हो ।

गृह मन्त्रालयमा भएको वार्तामा शिक्षामन्त्री अशोक राई र सचिव सुरेश अधिकारी समेत सहभागी थिए । आन्दोलनकारी शिक्षकहरूको नेतृत्व गरिरहेको शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरसहित शिक्षक संघ, संगठनका प्रतिनिधिहरू सहभागी वार्ता सकारात्मक रहेको गृह मन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले बताए ।

वार्ताबाट समस्या समाधान गरिने भन्दै उपप्रधानमन्त्री श्रेष्ठले शिक्षकको समस्या सबैको साझा भएकाले यसलाई शिक्षकको मात्र भनेर नबुझेको बताए । उनले शिक्षा क्षेत्रका समग्र समस्या समाधान गर्ने बताए ।

गृहमन्त्री श्रेष्ठले आन्दोलन फिर्ता लिन आग्रह गर्दै संघीय शिक्षा विधेयकलाई सबैको सहमतिमा संशोधन गर्न सकिने बताएका छन् । शिक्षक प्रतिनिधिहरूले भने विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार ११:३१   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।