काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको बताएका छन् । यसलाई संसद्मा सच्याइने बताउँदै विद्यालय बन्द नगर्न आन्दोलनरत शिक्षकहरूलाई आग्रह पनि गरेका छन् ।
संसद्मा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी भएकाले अब आफूहरूले सबैसँग घनिभूत छलफल र संवाद गरेर जाहेज माग सम्बोधन गर्ने उनले उल्लेख गरेका छन् ।
महामन्त्री थापाले सांसद्को भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा हार्दिक आग्रह गरेका छन् ।

शिक्षा विधेयकविरुद्ध विद्यालय बन्द गरेर हिजो (बुधबार)देखि शिक्षकहरू आन्दोलित छन् । उनीहरुसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा बिहीबार बिहान भएको वार्ता निष्कर्षविहीन भएको छ ।
















प्रतिक्रिया