काठमाडौं । नेकपा माओवादी केन्द्र सोताङको अन्तरक्रिया तथा भेटघाट कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । संविधान दिवसको अवसर पारेर चावहिलमा भएको अन्तरक्रियामा पार्टीको ३ महिने अभियानको रिपोर्टिङ, कार्यकर्ता प्रशिक्षण र आगामी रणनीति तय गरिएको माओवादी सोताङका अध्यक्ष गोविन्द नाछिरिङले जानकारी दिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुमा सोताङ ३ का नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरू अमर बहादुर राई, गौरब नाछिरिङ, किरण राई, लीला राई, सोताङ ३ कै कांग्रेस टोल समिति सभापति मिलन नाछिरिङ, सोताङ २ का अशोक राई, नेकपा एमाले परित्याग गरी मनकुमारी श्रेष्ठ राई, अनिता राई, संचिता राई लगायत छन् ।
स्थायी कमिटी सदस्य तथा लेखा समितिका संयोजक एवम् सोलुखुम्बु र उदयपुर अनुगमन तथा समन्वयकर्ता पेसल खतिवडाको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा माओवादी सोलुखुम्बु इन्चार्ज निर्मल बराल, सोताङ–महाकुलुङ समन्वय समितिका इन्चार्ज शंकर राई, माओवादी केन्द्र कोशी प्रदेशका सह–सहसचिव सागर किराँती, सोताङ गाउँपालिका इन्चार्ज ध्रुव पराजुली, वामपन्थी नेता भिमराज राई लगायतको उपस्थिति थियो ।















प्रतिक्रिया