Logo

प्रमुख समाचार

नेपाली आमसञ्चारमाथि कमल थापाको गम्भीर आरोप



काठमाडौं । पूर्वउपप्रधानमन्त्री समेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले आमसञ्चार माध्यममाथि गम्भीर आरोप लगाएका छन् ।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै थापाले आमसञ्चार माध्यमहरुले स्वाभिमान र आत्मसम्मानलाई विदेशीको पैसासँग साटी रहेको तथा निहित स्वार्थको लागि विदेशी सामु आत्मसमर्पण गरेको आरोप लगाएका हुन् ।

‘राजा प्रतिको मेरो गुनासो, असन्तुष्टी आफ्नो ठाउँमा छ । तर, जब देशका प्रमुख राजनीतिक दलका शीर्षनेताहरू र कतिपय चल्तिका आमसञ्चार माध्यमहरु समेत आफ्नो स्वाभिमान र आत्मसम्मानलाई विदेशीको पैसासँग साटी रहेको तथा निहित स्वार्थको लागि विदेशी सामु आत्मसमर्पण गरेको देख्छु, म अत्यन्त चिन्तित हुन्छु । अनि नेपालमा राजसंस्थाको अपरिहार्यता महसुस गर्दछु ।’ थापाले फेसबुकमा लेख्दै भनेका छन् ।

राप्रपाको अध्यक्षमा पराजित भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहसँग आक्रोसित बन्दै राप्रपा त्यागेर राप्रपा नेपाल पुनः स्थापना गरेका थापा हालै पुनः राजतन्त्रको अजेन्डामा फर्किएर राजतन्त्रको पक्षमा वकालत गरिरहेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार १२:३१   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।