Logo

खेलकुद

साफ यू–१९ च्याम्पियनसिपमा नेपालले पाकिस्तानसँग खेल्दै



काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज नेपालले पाकिस्तानसँग खेल्दैछ ।

आजदेखि काठमाडौँमा सुरु भएको समूह चरणको पहिलो खेलमा नेपाल पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न ५ बजे सुरु हुनेछ । त्यसअघि दिउँसो साढे १ बजे भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, भारत, बंगलादेश र भुटान सहभागी छन् । नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स छन् भने भारतको समूहमा बंगलादेश र भुटान छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार १३:०२   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।