काठमाडौं । शिक्षक आन्दोलनका कारणले काठमाडौंका सडक अस्तव्यस्त बनेको छ । विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरु बुधबारदेखि आन्दोलनमा छन् ।
माइतीघर-नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शनले हरेकजसो चोकमा लामो जाम लागेको छ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था नै अस्तव्यस्त भएको छ । यसका कारण यात्रुहरुले सास्ती व्यहोर्नु परेको छ ।
शिक्षकहरूले संसदमा दर्ता भएको शिक्षा विधेयकको विरोधमा काठमाडौं केन्द्रित विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले बुधबारदेखि आन्दोलन सुरू गरेका छन् ।
देशभरका सामुदायिक शैक्षिक संस्थाहरू बन्द गरी शिक्षकहरूले आन्दोलन गरेका हुन् । उनीहरूले आफ्ना माग पूरा नहुन्जेल आन्दोलन जारी राख्ने बताएका छन् ।
तस्बिरहरु:



















प्रतिक्रिया