काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार उच्च अंकले बढेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ को बिन्दुमा रोकिएको छ । सेन्सेटिभ परिसूचक पनि ७.५५ अंकले बढेर ३८८.७२ बिन्दुमा उक्लिएको छ ।
कारोबार अवधिभर २७८ कम्पनीको ११ लाख २६ हजार ३०९ कित्ता सेयर ३ अर्ब २९ करोड ३९ लाख २१ हजार ३६८ रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ । नेप्से बढे पनि कारोबार रकम पनि बढेकाे छ ।
यस दिन १३ उपसूचकमध्ये अन्य सबै सूचकमा हरियाली छाएको छ । कारोबार भएका मध्ये २१७ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्य घटेको छ ।
बिहिबार ११ कम्पनीको सेयर सर्किट लागेको छ । आज नेशनल हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त, हिमाल दोलाखा हाइड्रोपावर, मन्दाकीनि हाइड्रोपावर, थ्री स्टार हाइड्रोपापर सहित ११ कम्पनीको सेयरमा सर्किट लागेको छ ।















प्रतिक्रिया