Logo

राजनीति

विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न रास्वपाको आग्रह

आन्दोलनका वैकल्पिक विधि खोज्न सुझाव



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विद्यार्थीहरूको पढ्‍न पाउने हक अधिकारलाई कुण्ठित नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ ।

बिहीबार रास्वपाले विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको पढ्‍न पाउने हक अधिकारलाई कुण्ठित नगर्न आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकहरुको पेशागत विकासका मागहरुमा हामी एकै ठाउँमा उभिन तयार छौं, साथै शिक्षकहरुले आफ्ना मागहरु सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरु हुँदा हुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक संगठनहरुप्रति हार्दिक अनुरोध गर्दछौं ।’

 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार १७:१९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।