काठमाडौं । एनएमबि बैंकले हवाई सेवा कम्पनी बुद्ध एयरसँगको सहकार्यमा‘एनएमबि बुद्ध भिजा डेबिड कार्ड’को सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गरी ‘एनएमबि बुद्ध भिजा डेबिड कार्ड’सञ्चालनमा ल्याएको हो ।
उक्त कार्डको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल केसी र बुद्ध एयरका अध्यक्ष विरेन्द्र बहादुर बस्नेतले संयुक्त रुपमा गरेका हुन् ।
पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले कार्ड सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । ‘एनएमबि बुद्ध भिजा डेबिड कार्ड’बाहक प्रयोगकर्ताहरु विशेष सुविधा समेत प्राप्त गर्नेछन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीका अनुसार उक्त कार्ड बाहक ग्राहकहरुले बुद्ध एयरमार्फत् यात्रा गर्दा थप ५ केजी थप सामान लिन पाउने छन् भने केही आउटलेटहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन् । ‘एनएमबि बुद्ध भिजा डेबिड कार्ड’ जुनसुकै एटिएममा पनि निःशुल्क चलाउन मिल्ने सीईओ केसीले बताए ।
को–ब्रान्डेड डेविट कार्डका ग्राहकहरुले काठमाडौँ उपत्यका भित्र रहेका बुद्घ एयरका तीन काउनटरहरु, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० छुट पाउनेछन् ।
उक्त कार्ड प्रयोगकर्ताले कारणबस प्लेन छुटेमा अथवा ढिला हुने अवस्था कार्डहोल्डरहरुले निःशुल्क टिकट रद्द गर्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।
हाल एनएमबि बैंकको कार्ड प्रयोग गरिरहेका ग्राहकहरुले पनि परिवर्तन गरी ‘एनएमबि बुद्ध भिजा डेबिड कार्ड’ लिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४६ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
प्रतिक्रिया