काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५५० रुपैयाँ कायम भएको छ ।
हिजो बिहीबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो । यो दिन पनि छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ । हिजो पनि तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया