Logo

शिक्षा

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु



काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता सुरु भएको छ । गृह मन्त्रालयमा वार्ता सुरु भएको हो ।

वार्तामा आन्दोलनरत शिक्षक कर्मचारीहरूले राखेका मागका विषयमा छलफल थालिएको छ ।

वार्तामा शिक्षक कर्मचारीहरूलाई मागका विषयमा आफ्नो धारणा राख्ने समय दिइएको छ । त्यसपछि सरकारको तर्फबाट सरकारी वार्ता टोलीले आफ्नो धारणा राख्नेछ ।

विद्यालय शिक्षा विधेयकमा विमति जनाउँदै असोज २ गतेदेखि शिक्षक कर्मचारीहरू आन्दोलन गर्दै आएका छन् । उनीहरूले विधेयकमा विभिन्न १८ बुँदे माग संशोधनको माग राख्दै आएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार १५:५६   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।