Logo

अर्थ

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा पनि



काठमाडौं । चर्चित चिनियाँ ब्राण्ड होम्तोले नेपालमा पनि औपचारिक बिक्री सुरु गरेको छ ।

काठमाडौंको नयाँसडकस्थित नेपा कम्प्लेक्समा आज शुभारम्भ गरिएको उक्त ब्राण्डको नेपाली अल्ट्रा धाविका मीरा राई, तेक्वान्दो खेलाडी आयशा शाक्य र राष्ट्रिय फुटबल टोलीका सदस्य बिकेस कुथुले औपचारिक उद्घाटन गरेका हुन् ।

चर्चित ‘केलमी’ नेपालमा भित्र्याएको आधिकारिक विक्रेता ‘कुमारी इङ’ प्रालिले होम्तो ब्राण्ड भित्र्याएको हो । कुमारी इङमार्फत जाल्पा इन्टरनेसनल विजनेश ग्रुपले उक्त ब्राण्डको व्यवस्थापन गर्ने बताइएको छ । विश्वका ४० भन्दा बढी मुलुकमा आफ्नो उपस्थिति जनाइसकेको होम्तोले नेपालमा पनि सेवा विस्तार गरेको हो ।

सो ब्राण्डले पदयात्रामा चाहिने सामग्री र उपकरण खरिद गरी आवश्यक बन्दोबस्तीका सामान उपलब्ध गराउँदै आएको छ ।

साहसिक पर्यटनलाई लक्षित गर्दै आवश्यक पोसाक, उपकरणलगायत सामग्री एकै थलोबाट उपलब्ध गराउने उद्देश्यले नेपालमा चिनियाँ ब्राण्ड ‘होम्तो’ आउटडोर स्पोर्टस सुरु गरिएको होम्तोका नेपाल निर्देशक अशिस थापाले जानकारी दिए । त्यस्तै काठमाडौंको दरबारमार्ग ठमेल, पोखरालगायत स्थानमा ब्राण्डको शाखा विस्तार गर्ने योजना रहेको होम्तो नेपालका अध्यक्ष सुदर्शन न्यौपानेले बताए । उचित मूल्यमा गुणस्तरीय अन्तर्राष्ट्रिय ब्राण्ड नेपाली उपभोक्तालाई पुर्याउने उद्देश्यले नेपालमा होम्तो भित्र्याइएको उनको भर्नाइ छ ।

होम्तो १९८५ देखि अमेरिकन ब्रयाण्ड हो, सुरुमा उसको उत्पादन नै अमेरिकामा भएको हो । पछि गएर चाइनिजले किनेपछि यसको उत्पादन चीनमा हुन थालेको हो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार १६:३१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।