Logo

अर्थ

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को अध्यक्ष पदमा नियुक्त भएका छन् ।

न्यौपाने अध्यक्षमा नियुक्त हुनुअघि यसै संस्थामा माछापुच्छ्रे बैंकको तर्फबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए ।

नवनियुक्त अध्यक्ष विश्वम्भर न्यौपानेले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाज्यू समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

विगत १९ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध भई हाल उहाँ बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका छन् । साथै उनीसँग बैंकिङ्ग क्षेत्रको २५ वर्ष भन्दा लामो अनुभव रहेको छ ।

प्रकाशित मिति : आश्विन ५, २०८० शुक्रबार  ५ : २५ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।