Logo

प्रमुख समाचार

सात बुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर गर्न अस्वीकार



काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।

राहत शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारीसहितकाे टाेलीले सरकारसँग भएकाे सहमति केही महासंघका प्रतिनिधिकाे स्वार्थमा भएको र आफूहरुका माग सम्बाेधन नभएकाे भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेर बैठकबाट बाहिरिएका छन् । ‘केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो । हाम्रो सहमति छैन, राहत शिक्षकको विषय सम्बोधन नभएपछि बाहिरिएका हौं । हामी विज्ञप्ति निकाल्छौ,’ अधिकारीले भने ।

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षकहरू विस्थापित नहुने गरी ऐन बन्नु पर्ने माग बैठकमा राखिएको तर सुनुवाइ नभएको उनकाे भनाई छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार १८:२२   :  बजे

639
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।