Logo

खेलकुद

क्यानको अध्यक्षमा चन्द दोहोरिए, भन्छन्– ‘अब टेष्ट क्रिकेटको आधारशीला तयार पार्नुछ’



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिएका छन् । चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । चन्द यसअघि पनि अध्यक्ष थिए ।

क्यानको उपाध्यक्षमा रोशनबहादुर सिंह पनि निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि कोषाध्यक्ष थिए । यस्तै, कोषाध्यक्षमा पनि पदमबहादुर खड्का निर्विरोध चन भएका छन् । खड्का पहिलो पटक क्यान कार्यसमितिमा परेका हुन् ।

अध्यक्षमा सर्वसम्मत भएपछि चतुरबहादुर चन्दले आफ्नो जिम्मेवारी बढेको प्रतिक्रिया दिएका छन् । ‘अब टेष्ट क्रिकेटको आधारशीला तयार पार्नुछ । सरकारलाई दबाब दिइरहेका छौं,’ उनले भने, ‘क्रिकेट एक तह माथि जान्छ ।’

क्यानको कार्यसमिति सचिवका लागि भने राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्ल भिड्दैछन् । पहिलो पटक क्यानमा प्रवेश गरेका पारसले कार्यबहाक सचिवका रुपमा काम गरिसकेका मल्लविरुद्ध उम्मेदवारी दर्ता गराएका हुन् ।

मतदान आजै गर्ने तयारी निर्वाचन समितिले गरेको छ । चुनाव हुने १७ पदका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार १२:४५   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।