पोखरा । एग्रो टुरिजम सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिम्खडाले उद्घाटन गरेका साधारणसभा आज सम्पन्न भएकाे हाे ।
उद्घाटनपछि मन्त्री सिम्खडाले कृषि र पर्यटनलाई जोड्न सकेमा त्यसले आम सर्वसाधारणलाई उत्पादनसँग जोड्ने बताउँदै आर्थिक समृद्धिका लागि उत्पादनमा जोडिनु आवश्यक भएको उल्लेख गरिन् । पछिल्ला समयमा सहकारीहरूमा समस्या देखिने गरेका बताउँदै उनले प्रत्येक सहकारीलाई उत्पादनसँग जोड्दै आर्थिक अनुशासन कायम गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
सहकारी र स्थानीय तहबीचको सहकार्य र समन्वय आवश्यक भएको बताउँदै उनले यिनीहरूको सम्बन्ध नङ र मासुुु जस्तो हुनुुपर्नेमा जोड दइन् । सहकारीहरू जनताको लगानी खेर नजाने तबरबाट लाग्नुुपर्ने उनको भनाइ छ ।
सहकारीका अध्यक्ष डिल्लीराम बरालले कृषि तथा पर्यटनको पूर्वाधारको विकास गर्दै उद्यमशीलता मार्फत रोजगारीको सिर्जना गरी गरिबी न्युनीकरण गर्नका लागि एग्रो टुरिजमको अवधारणा अघि बढाइएको बताइन् ।किसानद्वारा उत्पादित अर्गानिक खाद्यवस्तुु गोठदेखि ओठसम्म र बारीदेखि भान्छासम्म पुु¥याउने लक्ष्यका साथ सहकारी सकृय बनेको बताउँदै उनले स्थानीय स्रोत साधनको उपयोग गरी साझेदारी मार्फत उत्पादन बृद्धि गर्नेतर्फ केन्द्रित बनेको उल्लेख गरिन् ।
राससकर्मी पौडेल सहित विभिन्न व्यक्तित्व सम्मानित
साधारणसभाका अवसरमा राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश कार्यालय प्रमुख वासुदेव पौडेललाई एग्रो टुरिजम अग्रज पत्रकार सम्मानबाट सम्मानित गरिएको छ । समाचार सम्प्रेषणका माध्यमबाट कृषि पर्यटनका क्षेत्रमा विशिष्ट योगदान पुु¥याएको भन्दै पौडेललाई नगद, दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।
उक्त अवसरमा उत्कृष्ट मुद्दती बचत कर्ताबाट मनुुमाया खत्री, उत्कृष्ट दैनिक बचत कर्ताबाट प्रमोद अधिकारी, साजन अधिकारी र सन्तोष पौडेल, उत्कृष्ट खुत्रुके बचत कर्ताबाट सजित लामगादे, उत्कृष्ट असल ऋणीबाट बसन्ती बानीया, उत्कृष्ट कृषि उद्यमी व्यवसायबाट श्याम रायमाझीलाई सम्मान गरियो । त्यस्तै उत्कृष्ट पर्यटन व्यवसायीबाट भुवनबहादुर आचार्य, युवा उद्यमी पुरस्कारबाट प्रयासी गुरुङ, महिला उद्यमी पुरस्कारबाट विष्णुमाया आचार्य, उत्कृष्ट कर्मचारी पुरस्कारबाट विन्दुुमाया शर्मालाई सम्मान गरियो ।
उत्कृष्ट ज्येष्ठ नागरिकमा महिलातर्फ राधिका कोइराला, पुरुषतर्फ बद्रीनाथ पहारी, एग्रो टुरिजम कृषि उद्यमी व्यापार सम्मानबाट खिमलाल सुवेदीलाई सम्मान गरियो । सहकारीले एसइइ २०८० सम्मानबाट कामना आचार्य र विधाता बस्ताकोटी एवम् प्लसटुुतर्फ अनमोल आचार्य, कुसुम जिसी, सन्ध्या सुवेदी, निर्दोष कार्की, शरदा गिरी र प्रिया नेपालीलाई सम्मान गर्यो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरिया, सहकारीका उपाध्यक्षद्वय टीकाराम पौडेल र श्रीभद्र बराल, सचिव बाबुराम सुवेदी, भरतपोखरी साना किसान कृषि सहकारीका अध्यक्ष रामजीप्रसाद अधिकारी, अग्रसर बचत तथा ऋण सहकारीका अध्यक्ष रजनी कोइराला, भरतपोखरी बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायतले कृषि पर्यटनका माध्यमबाट उत्पादन र उत्पादकत्व बृद्धिका साथै रोजगारी सिर्जना गर्न सकिनेमा जोड दिए ।
प्रतिक्रिया