काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गरेको दिवा भोजमा सहभागी भएका छन् ।
शनिबार बिहान चीन पुगेका प्रधानमन्त्री प्रचण्डसहित १९औँ एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन चीनको चच्याङ प्रान्तको हाङचौँ सहरमा पुगेका विशिष्ट अतिथिहरूलाई दिवा भोज दिएर चीनमा स्वागत गरिएको हो ।
उक्त स्वागत दिवा भोजमा राष्ट्रपति सीले चीन सरकार र चिनियाँ जनताका तर्फबाट सम्बोधन गर्दै १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा माग लिन आएका पाहुनालाई स्वागत गरे ।
उनले भने, ‘हामी एसिया ओलम्पिक काउन्सिल र विभिन्न देश र क्षेत्रका प्रतिनिधिमण्डलहरूसँग मिलेर चिनियाँ विशेषता एसियाली शैली र भव्यताको सहितको खेल प्रतिगोयतामा विश्वसामु प्रस्तुत गर्न चाहन्छौँ । प्रतियोगिताले एसियाली तथा ओलम्पिक आन्दोलनको विकासमा नयाँ योगदान दिने अपेक्षा गरेका छौँ ।’















प्रतिक्रिया