Logo

राजनीति

एनआरएनएकाे अमेरिका’ज क्षेत्रको संयोजकमा संजीवकुमार श्रेष्ठद्वारा उम्मेदवारी घोषणा



काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आगामी निर्वाचनमा संजीवकुमार श्रेष्ठले अमेरिका’ज क्षेत्रको क्षेत्रीय संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् । संस्थालाई पारदर्शी, गतिशील र व्यवस्थित बनाउन आफ्नो लक्ष्य रहेको भन्दै उनले सबैको साथ पाउने विश्वास पनि व्यक्त गरेका छन् ।

अमेरिका तथा क्यानाडाबाट एनआरएनए राष्ट्रिय समन्वय परिषद्मा २०२३– २०२५ का लागी निर्वाचित अध्यक्ष, कार्यसमिति सदस्य तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा निर्वाचित आईसीसी सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिँदै श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

श्रेष्ठकाे भनाइ जस्ताकाे त्यस्तै 

आदरणीय दाजुभाई, दिदीबहिनी, सामाजिक अभियन्ताज्यूहरू, तथा पत्रकार मित्रहरु नमस्कार ।

विषय : उमेद्वारी घोषणा सम्बन्धमा ।

सर्वप्रथम त अमेरिका तथा क्यानाडा वाट गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् मा २०२३ – २०२५ का लागी निर्वाचित अध्यक्ष ज्यू हरू, कार्यसमिति सदस्यज्युहरु, तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा निर्वाचित आई.सी.सी. सदस्यज्यूहरू, लाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्तगर्दछू । साथै ११ औ अन्तर्राष्ट्रिय सम्मेलनका लागी छनौट हुनुभएका (Delegates)प्रतिनिधिज्यूहरू प्रति पनि हार्दिक बधाई दिन चाहन्छु।

आगामी अक्टोबरमा हुने ११ औँ अन्तर्राष्ट्रिय सम्मेलनमा मेरो उम्मेदवारीको बारेमा चासो, चिन्ता, उत्साह र खुसी व्यक्त गर्नु हुने मेरा शुभ चिन्तक, हितैषी मित्रहरूमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। म गैर आवासीय नेपाली सङ्घको अभियान मा लामो समय देखी निरन्तर लागि रहेको यहाँहरूलाई जानकारी गराउँदै, गैर आवासीय नेपाली सङ्घको आगामी निर्वाचनमा मैले अमेरिका’ज क्षेत्रको क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेको यहाँहरूलाई अवगत गराउन चाहन्छु। संस्थालाई पारदर्शिता, गतिशील र व्यवस्थित बनाउन यहाँहरूको साथ, सहयोग, समर्थन, सद्भाव र सुझावको पूर्ण अपेक्षा राखेको छु। आगामी निर्वाचन मा मलाई अमेरिका’ज क्षेत्रको क्षेत्रीय संयोजक पदमा विजयी गराउने लक्ष लिएर प्रत्यक्ष र अप्रत्यक्ष भूमिका निर्वाह गर्नु हुने सबै अभियन्ता ज्युहरू लाई हार्दिक धन्यवाद व्यक्त गर्दै, यस क्षेत्रका यहाँहरु सबै प्रतिनिधि (delegates) हरुको अमूल्य मतको अपेक्षा गरेको छु ।

धन्यवाद ।

भवदीय
संजीब कुमार श्रेष्ठ
आई. सी. सी. सदस्य (२०२१-२०२३)
तथा
अमेरीका’ज क्षेत्रीय संयोजक पदको उमेद्वार
गैर आवासीय नेपाली सङ्घ
अन्तर्राष्ट्रिय समन्वय परिषद्
(२०२३ – २०२५)

प्रकाशित मिति : आश्विन ६, २०८० शनिबार  ५ : ३८ बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।