काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुनको मूल्यमा कुनै फेरबदल नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ ।
हिजो सुनको तोलामा १०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ४३० रुपैयाँ कायम भएको छ । हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४३० रुपैयाँमै किनबेच भएको थियो ।















प्रतिक्रिया