Logo

प्रमुख समाचार

अभियन्ताहरूलाई संवादमा बोलाउँदा आएनन् : मेयर शाह



काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यालय अगाडि प्रदर्शन गरिरहेका अभियन्ताहरूलाई आफूले संवादका लागि बोलाउँदा पनि नआएको दाबी गरेका छन् ।

आफूलाई अभियन्ता भन्न रुचाउने इशान अधिकारी उर्फ ईः को अगुवाइमा राष्ट्रियसभा गृहअगाडि गत मंगलबारदेखि आन्दोलन सुरु भएको हो ।

चुनावको समयमा बालेनले प्रतिज्ञा गरेअनुसार सडक विक्रेताहरूका लागि वैकल्पिक व्यवस्था नगरी धरपकडको नीति लिएको भन्दै उनले उभिएर विरोध गर्दै आइरहेका छन् ।

मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन् , ‘विगत केही दिन देखि केही अभियन्ताहरू आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफै गएर वार्ता गरौँ यहाँहरुको कुरा र समस्या सुनौँ भन्दा अभियन्ताहरु संवादमा बोलाउँदा आउन खोज्नुभएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ , सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ । के वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने ?’

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार १३:०१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।