Logo

अर्थ

असोज १७ गतेदेखि ३ अर्बको ऋणपत्र निष्काशन गर्दै सिटिजन्स बैंक



काठमाडौं । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा ३० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा र बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरिने छ । ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ ।

बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स डिबेन्चर २०९०’ जारी गर्न लागेको हो । वार्षिक १० प्रतिशत ब्याजदर दिने बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । ऋणपत्रमा छिटोमा असोज २१ गतेसम्म र ढिलोमा कात्तिक १ गतेसम्म आवेदन दिन सकिने छ ।

प्रकाशित मिति : आश्विन ८, २०८० सोमबार  १ : ०९ बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।