Logo

कोशी प्रदेश

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्दै



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दै छन् । मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदमा चारजना मन्त्री थप्ने तयारी गरेको जनाइएको छ ।

उनले नेकपा एमालेका ४ जनालाई आज मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

चर्चामा रहेका मन्त्री बन्ने नेताहरूमा मोरङका लीलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राई छन् ।

नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नवनियुक्त मन्त्रीहरु सबै नेकपा एमालेका हुने र उनीहरुको शपथ ग्रहण समारोह दिउँसो तीन बजे हुने जानकारी दिए ।

यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छन् । संविधानको धारा १६८(३)अनुसार बनेको नेकपा एमालेको अल्पमतको सरकारले असोज २० सम्म विश्वासको मत लिइसक्नुपर्नेछ ।

प्रकाशित मिति : आश्विन ८, २०८० सोमबार  १ : ४५ बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।