Logo

प्रमुख समाचार

बालेनलाई ओलीको जवाफ : द्वन्द्व र घमण्डले मान्छेलाई बिगार्छ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सोमबार नेकपा (एमाले) बागमती प्रदेश प्रथम अधिवेशनमा उनले द्वन्द्व र घमण्डले मान्छेलाई बिगार्ने भन्दै हिंसामा लागेर उत्पात मचाइरहेको माओवादीलाई वार्ताको माध्यमबाट शान्ति प्रकृयामा ल्याएको सम्झिए ।

ओलीले भने, ‘एकजनाले जोसँग सम्बन्धित विषय हो तिनका नेताहरुसँग वार्ता गर्नुपर्ने भन्ने अभिव्यक्ति दिइरहेका छन् । तिनका नेता खोज्दै जानु पर्ने, वार्ता गर्नुपर्ने अभिव्यक्ति दिइरहेका छन् । द्वन्द्व र घमण्डले मान्छेलाई बिगार्छ । समस्या बल्झाएर कोही सफल हुँदैन । हामीले हिंसामा लागेर उतपात मचाईरहेको माओवादीलाई वार्ताको माध्यमबाट शान्ति प्रकृयामा ल्यायौं । विप्लव समूह यसरी नै हिंसामा लागेको थियो । उसलाई पनि शान्तिमा ल्यायौं ।’

उनले महानगरले जनतामाथि गरेको ज्यादलतीलाई नियन्त्रण गर्नुपर्न र साना साना व्यवसायीलाई आफ्नो काम गर्न दिनुपर्ने बताए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार १६:४५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।