Logo

प्रमुख समाचार

मैले खुकुरी खाएर कांग्रेस काटिनबाट जोगाएँ : सहमहामन्त्री यादव



काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आफुले खुकुरी खाएर कांग्रेस काटिनबाट जोगिएको बताएका छन् ।

केन्द्रीय समिति बैठकमा यादवले कांग्रेस नेतालाई कुरा गर्न पठाउँदा आफूलाई खुकुरी हान्नेले चिनेर आक्रमण गरेको नभएर कांग्रेस काट्ने अभियानमा लागेको जानकारी गराएका हुन् ।

“मेरो हत्या प्रयास गर्ने मान्छेसँग कुरा गर्न मैले एकजना पूर्वइन्सपेक्टरलाई पठाएको थिएँ । उनले भनेछन्– मैले महेन्द्र यादवलाई चिनेको पनि थिइनँ । राम्ररी देखेको पनि थिइनँ । तर, म चार पाँच दिनदेखि कांग्रेसी काट्ने अभियानमा हिँडेको थिएँ । जुन खुकुरीले जुनसुकै कांग्रेसी काटिन सक्थे,” सहमहामन्त्री यादवले भने, “कांग्रेसका जोसुकै पनि काटिन सक्थे, म काटिएर अरु कांग्रेसी पनि काटिन सक्थे । म काटिएर कांग्रेसी काटिन जोगाएकोमा खुसी व्यक्त गर्दछु । सभापतिजी, कांग्रेसी काटिने अवस्था नबनोस् भनेर म भन्न चाहन्छु ।”

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार १७:०१   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।