Logo

कोशी प्रदेश

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र दुई राज्यमन्त्री थपिए



विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले चार जना मन्त्री थप गरेका हुन् ।

मन्त्रीमा बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् ।

त्यस्तै राज्यमन्त्रीमा रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।

सोमबारको विस्तारपछि कोशीको मन्त्रिपरिषद ९ सदस्यीय भएको छ ।

यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छन् । संविधानको धारा १६८ (३) अनुसार बनेको  एमाले अल्पमतको सरकारले आगामी असोज २० गतेसम्म विश्वासको मत लिइसक्नुपर्नेछ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार १७:१६   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।