Logo

खेलकुद

एसियन गेम्सका लागि सन्दीप आज चीन जाँदै



काठमाडाैं । क्रिकेटर सन्दीप लामिछाने एसियन गेम्सका लागि आज चीन जाने भएका छन् ।

सन्दीपसँगै सागर ढकाल पनि एसियन गेम्सका लागि आज चीन जाने भएको हुन् ।

अदालतमा मुद्दा विचाराधीन रहेकाले सन्दीप नेपाली टोलीसँगै चीन जान पाएका थिएनन् भने सागर अन्तिममा ललित राजवंशी घाइते भएपछि टिममा परेका थिए ।

कागजपत्र मिलाउँदा सागर पनि सँगै जान पाएका थिएनन् ।

अदालतमा विचाराधीन मुद्दाको पेसी स्थगित भएपछि सन्दीप आज चीन जान लागेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए। सन्दीप र सागर मध्यान्ह १२ बजेको फ्लाइटमार्फत चीन प्रस्थान गर्ने छन् ।

एसियन गेम्समा नेपालले बुधबार मंगोलिया र आउँदो आइतबार जापानसँग समूह चरणमा खेल्ने छ ।

प्रकाशित मिति : आश्विन ९, २०८० मंगलबार  ९ : २३ बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।