काठमाडौं । नेपाल र चीनबीच उत्तरी सीमा क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा केरुङ-रसुवागढी-चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण निर्माण छिटो सुरु गर्ने सहमति भएको हो ।
मंगलबार बिहान जारी भएको संयुक्त वक्तव्यमा लेखिएको छ, ‘जिलोङ/केरुङ-रसुवागढी-चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइनको निर्माण चाँडो सुरु गरिने छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच सोमबार बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको थियो । भेटवार्तापछि विभिन्न सम्झौता र समझदारी भएका थिए । तर सो दिन संयुक्त व्यक्तव्य जारी भएको थिएन ।
मंगलबार बिहान मात्र सार्वजनिक भएको संयुक्त व्यक्तव्यमा ऊर्जा क्षेत्रमा विशेष गरी जलविद्युत, सीमापार प्रसारा लाइन र सम्बद्ध सबस्टेसनको विकासमा सहयोगलाई थप प्रवर्द्धन गर्दै केरुङ-रसुवागढी-चिलिमे प्रसारण लाइन बनाउने सहमति भएको उल्लेख छ । यद्यपि यसको लगानीको विषय उल्लेख छैन ।
प्रतिक्रिया