Logo

अर्थ

साल्ट ट्रेडिङ कम्पनीमा कालाे ब्यानर टाँसेर कर्मचारीहरुकाे बिराेध सुरु



काठमाडाैं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडमा कर्मचारीहरुले विभिन्न माग राखेर आन्दाेलनकाे सुरुआत गरेका छन् ।

आजबाट साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडकाे केन्द्रिय कार्यालयमा विभिन्न मागहरु उल्लेख गरिएकाे ब्यानर टाँगेर आन्दाेलनकाे सुरुआत गरेकाे कर्मचारीहरुले जनाएका छन् । साल्ट ट्रेडिङ्ग कर्मचारी संगठन नेपालले भाेलिबाट देशैभरि आन्दाेलन सुरु गर्ने जानकारी दिएका छन् ।

उनीहरुले कम्पनीकाे सञ्चालक समितिमा कर्मचारी संगठनकाे प्रतिनिधित्व हुनुपर्ने, करारका कर्मचारीलाई स्थायी बनाउनुपर्ने, पद अनुसारकाे सेवा सुविधा दिनुपर्ने, जथाभावी कर्मचारी भर्ना नगर्न माग गर्दै आन्दाेलनकाे घाेषणा गरेका हुन् । कर्मचारी संगठन नेपाल केन्द्रीय कमीटीकाे बैठककाे निर्णय पश्चात बिराेधका कार्यक्रम सुरु भएकाे संगठनले जनाएकाे छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार १९:३९   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।