चिकित्सकमाथि कुटपिटमा संलग्नलाई कारबाही नगरेको भन्दै माओवादी केन्द्रनिकट स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य डा. दीपकप्रसाद कोइरालाले पार्टी परित्याग गरेका छन् ।
आफ्नै पार्टीको सरकार हुँदा पनि चिकित्सक कुट्नेहरु दण्डित नभएकाले पार्टी परित्याग गरेको डा. कोइराले बताए । डाक्टर कुट्नेलाई गैरजमानती हिरासतको कडा कानुन नबनेसम्म पार्टी र स्वास्थ्य विभागको सदस्यमा रहेर काम नगर्ने घोषणा उनले गरे ।
‘जबसम्म गैरजमानती हिरासतको कडा कानुन बन्दैन तबसम्म म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी स्वास्थ्य विभाग वा अन्य कुनै पार्टीको निकायमा नरहेको जानकारी दिँदै आजको मितिदेखि राजीनामा दिएको छु’ कार्कीले हस्तलिखित निवेदनमा भनेका छन् ।
आफ्नै पार्टीका प्रधानमन्त्री र गृहमन्त्री भएका बेला बिरामीको उपचारमा संलग्न चिकित्सकले पिटाइ खानु दिनचर्या भएको भन्दै उनले प्रहरीले उल्टो गुण्डागर्दी गर्नेलाई जोगाएर डाक्टामाथि लाठी चार्ज गरेर कानुनी राज्यको उपहास गरेकाले आफूलाई सह्य नभएको उल्लेख गरे ।
पोखराको मणिपाल घटनालाई लिएर बिनाआधार प्रगतीशील चिकित्सक संघका गण्डकी प्रदेश अध्यक्षलाई हिरासतमा राख्नु झनै लज्जास्पद घटना भएको कोइरालाले बताए ।
प्रतिक्रिया