काठमाडौं । नेपाली युवा ब्याटर कुशल मल्लले टी–२0 क्रिकेट इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने रेकर्ड बनाएका छन् ।
पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको मंगोलियाविरुद्ध मल्लले ३४ बलमा शतक बनाएका हुन् । उनले यसअघि डेभिड मिलरको ३५ बलको शतकको रेकर्ड तोडेका छन् । उनले एक सय ३७ रन बनाएका हुन् ।
चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा टस हारेर नेपालले सुरुआती ब्याटिङ गरेकाे छ ।
नेपालका कुशल मल्लले एक सय ३७, रोहित पौडेलले ६१ र दीपेन्द्रसिंह ऐरीले ५२ रन बनाए ।
नेपालले मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिएको छ ।
नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोड्यो ।
प्रतिक्रिया