Logo

राजनीति

प्रधानमन्त्री प्रचण्ड ल्हासामा



काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ल्हासा पुगेका छन् ।

सिछ्वान एअरलाइन्स मार्फत स्थानीय समय अनुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित गोंगार विमानस्थलमा अवतरण गरेका हुन् । गोंगार विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ टोलीले सांस्कृतिक झाँकीसहित स्वागत गरेको थियो ।

आज साँझ प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डका साथ परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद, खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वाला लगायत छन् । प्रधानमन्त्री प्रचण्ड ल्हासाबाट ३० सेप्टेम्बरमा स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : आश्विन १०, २०८० बुधबार  ११ : ११ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।