काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज छापावाला सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ ।
हिजो मंगलबार पनि सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ । हिजो पनि तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।















प्रतिक्रिया