काठमाडौं । अब आईपीओ भर्दा बैंक खातामा पैसा नभए तुरुन्तै रिजेक्ट हुने व्यवस्था लागू हुने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) एपीआईसम्बन्धी कार्यविधि पारित गरेसँगै आईपीओमा यो व्यवस्था लागू हुने भएको छ ।
यो व्यवस्था लागू भएसँगै अब बैंक खातामा पैसा नभएको अवस्थामा कसैले आईपीओ भरेमा तत्कालै रिजेक्ट हुनेछ ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका सीइओ पूर्णप्रसाद आचार्यले कार्यविधि पारित भएपछि अब जसले सीडीएसको डाटाको काम गर्ने अनुमति पाएका छन् तिनीहरुलाई रियल टाइम डाटा दिन सकिने बताउँछन् । अब बैंक खातामा पैसा छ भने तरुन्तै भेरिफाइ छैन भने रिजेक्ट हुनेछ ।





















प्रतिक्रिया